कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने बताएको छ । शनिबार विज्ञप्ति जारी गरी निर्वाचनमा तालमेल गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेको भन्दै गठबन्धन नगर्ने बताएको हो ।
कांग्रेसका मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले जारी गरेको विज्ञप्ती जारी गरेर गठबन्धन गर्न नसकिएको बताएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले दाबी गरेका थिए ।
कास्कीका ५ पालिकामध्ये माओवादीले मादीलाई मात्र आफ्नो प्रभाव क्षेत्र रहेकाले आफुले पाउनुपर्ने अडान बाट पछाडी नहटे पछि गठबन्धन नहुने भएको हो ।
अघिल्लो चुनावमा नेकपा एमालेका वेदबहादुर गुरुङले कांग्रेसका देवीजंग गुरुङलाई करिब एकहजार मतान्तरले पराजित गरेर अध्यक्ष चुनिएका थिए भने एमालेले ६ वटा वडा र नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ३ /३ वडाको अध्यक्ष जितेका थिए ।