गण्डकी प्रदेशका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

गण्डकी प्रदेशका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

  • Kanchan News

  • बुधबार, बैशाख ७, २०७९

  • 269
    SHARES
गण्डकी प्रदेशका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको गाडीको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । १ वैशाखमा मन्त्री बरालको ग १ झ ४४५ नम्बरको गाडीको ठक्करबाट घाइते भएका तनहुँ शुक्लागण्डकी वडा नम्बर २ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

पोखरा वडा नम्बर ३२, गगनगौंडा नजिकै खुदीमा बिहान पौने ९ बजेतिर गाडीले मोटरसाइकललाई ठक्कर दिएकाे थियो । मीनबहादुरकी श्रीमती दानुमाया पाइजा घाइते छिन् । दुर्घटनामा गम्भीर घाइते ३५ वर्षका मीनबहादुरको उपचारकै क्रममा पाँचौ दिनमा मणिपाल अस्पतालमा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा पाइजा दम्पती सवार थिए । गाडीले ठक्कर दिएपछि अस्पताल लगिएकोमा पाँच दिनसम्म उनको होस आएको थिएन र सोमबार मृत्यु भयो । प्रत्यक्षदर्शीले मन्त्री बरालको गाडी तीव्र गतिमा हुइँकिएको जनाएका छन् । सार्वजनिक दुर्घटनास्थलको भिडियोमा एक प्रत्यक्षदर्शीले भनेका छन् – गाडी निकै स्पीड थियो । यो गाडीले कति बेला कुन चाहिँलाई हान्ने हो भन्ने लागिरहेको थियो हामीलाई । अर्थमन्त्रीको सचिवालयले दुर्घटना हुँदा मन्त्री गाडीमा नरहेको बताएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News