सेयर बजारमा निरन्तर ओरालो

सेयर बजारमा निरन्तर ओरालो

  • Kanchan News

  • सोमवार, बैशाख ५, २०७९

  • 104
    SHARES
सेयर बजारमा निरन्तर ओरालो

सेयर बजार ओरालो लाग्ने क्रम सोमबार पनि जारी रहयो। आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको दोस्रो कारोबार दिन नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा अडिएको छ। दोहोरो अंकले घटेको सेयर बजारमा कारोबार रकम भने आइतबारको तुलनामा सामान्य बढेको छ। आज १ अर्ब ५३ करोड ६९ लाख ९२ हजार ९५६ रुपैयाँको सेयर कारोबार भयो।

आइतबार १ अर्ब ४४ करोड ७२ लाख ३ हजार १८२ रुपैयाँको सेयर कारोबार भएको थियो। आज ३१ हजार ८२५ पटक कारोबार भयो भने २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर खरिदबिक्री भयो। यसदिन एउटा मात्र कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेष्डो समृद्धि लघुवित्तीय वित्तीयको १० प्रतिशतले मूल्य बढ्यो। कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रह्यो। यो बैंकको ४ करोड ९६ हजार २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।

यसदिन हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक रहेको छ। वित्तीय समूहको सर्वाधिक ३.४४ प्रतिशतले सूचक ओरालो लाग्यो। निर्जीवन विमाको ३.०९ घट्दा जलविद्युतको २.९८, अन्य समूहको २.८६ ,जीवन विमाको २.०४ र लगानी समूहको २.०१ प्रतिशतले सूचक घट्यो।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News