पीडित नाबालिकाले बयान फेरिन, पाउलानत् पल शाहले सफाइ ?

पीडित नाबालिकाले बयान फेरिन, पाउलानत् पल शाहले सफाइ ?

  • Kanchan News

  • सोमवार, बैशाख ५, २०७९

  • 136
    SHARES
पीडित नाबालिकाले बयान फेरिन, पाउलानत् पल शाहले सफाइ ?

। कलाकार पल शाहबाट श्रृङ्खलाबद्ध बलात्कार भएको भनिएकी नाबालिका एक गायिकाले अदालतमा बयान फेरिन् । आफूमाथि पटक–पटक बलात्कार भएको भनेर प्रहरीमा बयान गरेकी ती गायिकाले अदालतमा बयान दिंदा भने आफूमाथि कुनै ‘घटना’ नभएको बताएकी हुन् । प्रहरीमा दिएको जाहेरी वा बयान खण्डन हुने गरी अदालतमा बयान फेर्नुलाई ‘होस्टाइल’ भएको भनिन्छ ।

जिल्ला अदालत स्रोतका अनुसार, आइतबार अदालतमा बयानका क्रममा पीडितले अत्यन्त अस्वाभाविक व्यवहार देखाएकी थिइन् । उनले कलाकार शाहमाथि लागेका सबै आरोप निराधार भएको भन्दै खण्डन गरिन् । अनि आफू र कलाकार शाह मिल्ने साथी भएको बताइन् ।

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ अदालत स्रोतले  भन्यो, ‘त्यसबाहेक कहिं पनि उनले आफूमाथिको घटना स्विकारिनन् । सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् ।’

बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए । उनका अनुसार बालिकाका बयानका क्रममा इजलासमा उपस्थित गराइएका कलाकार शाह पनि रोएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News