
पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मा १२ जनाले पार्टीभित्र आकांक्षा देखाएका छन् । पोखरा महानगर कमिटीको मंगलबार बसिरहेको बैठकमा प्रदेश सांसद सहति १२ जनाले मयेर पदका लागि आकांक्षा देखाएका हुन ।मेयरका लागि पाेखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्णबहादुर थापा, राजीव पहारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका हुन् ।
महानगर उपमेयरमा पनि ११ जनाले आकांक्षा देखाएका छन् । जसमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका हुन् ।