नेपाली कांग्रेसले गठबन्धन गर्ने भएपछि पर्वतको बिहादी गाउँपालिका वडा नं २ बराचौरमा कांग्रेसवाट निर्वाचित वडा सदस्य डोलिन्द्र गिरी एमालेमा प्रवेश गरेका छन् । गठबन्धन गरेर माओवादी लगायतका दललाई निर्वाचनमा मत हाल्न पाटिले निर्णय गरेपछि कांग्रेस वाट निर्वाचित गिरी एमालेमा प्रवेश गरेका हुन् ।
पाटि प्रवेश गरेका गिरीलाई एमाले केन्द्रीय सदस्य पदम गिरी ले पाटिमा स्वागत गरेका हुन् ।
नब प्रवेशी गिरीले कांग्रेस अब पतनको बाटोमा लागेको आरोप लगाए । उनले कांग्रेस एक्लै निर्वाचनमा जान नसक्ने अवस्था आउनु बिचारमा स्खलित भएको भन्दै त्यो पाटिमा बस्नुको अर्थ नरहेको बताए । पार्टी प्रवेश गर्दै गिरीले कांग्रेस पार्टीबाट आफुले विकास र समृद्धिको यात्रा सम्भव नदेखेकाले एमालेमा प्रवेश गरेको बताए । उनले एमाले बाट मात्र देशको समृद्धि सम्भव भएकाले पार्टी प्रवेश गरेको बताए ।
कार्यक्रम एमाले केन्द्रीय सदस्य पदम गिरी,प्रदे कमिटि सचिवालय सदस्य राम गिरी, प्रदेश कमिटी सदस्य ख्यामनाथ ग्यावलि, पाटि गाउँ अध्यक्ष ओम कुबँरले मन्तब्य ब्यक्त गरेका थिए ।