कर्मचारी कुट्ने मन्त्री मनाङे भन्छन् यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन,अब त्यो जेल जान्छ 

कर्मचारी कुट्ने मन्त्री मनाङे भन्छन् यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन,अब त्यो जेल जान्छ 

  • Kanchan News

  • बिहिबार, चैत्र २४, २०७८

  • 147
    SHARES
कर्मचारी कुट्ने मन्त्री मनाङे भन्छन् यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन,अब त्यो जेल जान्छ 

मन्त्रालयका सुचना अधिकारी प्रकाश ओझालाई हातपात गरेका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफुले हातपात नगरेको बताएका छन् ।

हाम्रो मन्त्रालयमा युवा उद्यमीलाई एक लाखदेखि पाँच लाखसम्म दिने युवा स्वरोजगार र युवा उद्यमी भन्ने कार्यक्रम छन् । मन्त्री र सचिवले कार्यविधिको ड्राफ्ट बनाउने र कार्यान्वयन पक्ष हेर्ने हो । तर, कार्यविधि टाइप गर्दा सूचना अधिकारी प्रकाश ओझाले किर्ते गरी अर्कै बनाइदिएछ , उनले भने हामीले त्यसमै हस्ताक्षर गरेछौँ, थाहै भएन । पछि आएर मात्रै थाहा भयो, आर्थिक लाभ लिएर केही मान्छेको स्वार्थमा काम गरेको रहेछ ।

उनीहरूलाई कार्यविधि लिकेज गरेको रहेछ । जब कि कार्यविधिबारे हालका सचिवलाई थाहै छैन । यस्तो अवस्थामा जुन मान्छेले पाउनुपर्ने हो उसले नपाएर, नपाउनुपर्ने व्यक्तिले पैसा पाउने गरेका रहेछन् । रकम वितरण गर्दा पनि तीन लाख पाउने व्यक्तिसँग एक लाख आफूले लिने रहेछ । हाम्रा मान्छेले नै आएर गुनासो गरेपछि बोलाएर सम्झाएको हुँ, कुटेको होइन , उनले भने।

यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, अलि ठूलो–ठूलो मान्छेलाई नै पिट्ने गरेको छु । पाउनुपर्ने व्यक्तिले रकम नपाउँदा त्यस चोरलाई आफैँ पाप लाग्छ । कार्यविधि भनेको धेरै गोप्य हुन्छ, मन्त्री र सचिव मिलेर बनाउने हो । कार्यविधि तयार गर्दाका सचिव हाल सरुवा भएर अर्कै प्रदेशमा गइसकेका छन् ।

कार्यविधि बिगारेर रकमसमेत लिएका कारण आफैँ फस्ने देखेपछि मलाई पिट्यो भन्ने आरोप लगाएको छ । मैले योङ केटाको करिअर नबिगारौँ भनेर केही नगरेको हो । आयोग गठन गर्छु, उसले पैसा मागेका मान्छेहरू आएर बयान दिन्छन् । अनि मुद्दा हालेपछि त्यो जेल जान्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News