सत्ता गठबन्धनले केन्द्रीयस्तर बाटै उम्मेदवारको भागबन्डा मिलाउन संयन्त्र बनाउने

सत्ता गठबन्धनले केन्द्रीयस्तर बाटै उम्मेदवारको भागबन्डा मिलाउन संयन्त्र बनाउने

  • Kanchan News

  • मङ्लबार, चैत्र २२, २०७८

  • 114
    SHARES
सत्ता गठबन्धनले केन्द्रीयस्तर बाटै उम्मेदवारको भागबन्डा मिलाउन संयन्त्र बनाउने

स्थानीय तहको चुनावमा मिलेर जाने तयारीमा रहेको सत्ता गठबन्धनले उम्मेदवारको भागबन्डा मिलाउन केन्द्रीयस्तरमै संयन्त्र बनाउने भएको छ।

गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले सबै दलका प्रतिनिधि रहने गरी संयन्त्र बनाउने र तल्लो तहबाट आएका सुझावका आधारमा उम्मेदवारको टुंगो लगाउने निर्णय भएको हो।

बैठकपछि नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले दिएको जानकारीअनुसार कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा सो संयन्त्र बन्ने सम्भावना रहेको छ। संयन्त्रमा रहने प्रतिनिधिको नाम सत्ता गठबन्धनका दलले चाँडो उपलब्ध गराउने छन्।

यस्तै मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हालैको आफ्नो भारत भ्रमणबारे सत्ता गठबन्धनका नेतालाई जानकारी गराएका छन्।

बैठकमा देशको बिग्रँदो अर्थतन्त्र उकास्ने विकल्पबारे कुरा भएको पनि नेता खनालले जानकारी दिए। अर्थतन्त्र सुधारका विकल्पबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरेर निर्णय लिइने भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News