नेपालले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि

नेपालले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि

  • Kanchan News

  • सोमवार, चैत्र २१, २०७८

  • 148
    SHARES
नेपालले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले उचालेको छ। आज भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी)लाई २३ बल बाँकी छदै ५० रनले हराएको छ।

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोड्दै १६९ रनको लक्ष्य दिएको थियो।

सो लक्ष्य पन्छ्याउने क्रममा पीएनजी १६.१ ओभरमा अल आउट हुँदै ११८ रन मात्र जोड्न सक्यो।

पीएजीलाई सहजै रोक्ने क्रममा नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४ ओभर बलिङ् गर्दै १८ रन खर्चेर ४ विकेट लिए। यस्तै कप्तान सन्दिप लामिछानेले ४ ओभर बलिङ् गर्दै २५ रन खर्चेर २ विकेट लिए। करन केसीले ३ विकेट लिए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ बलको सामना गर्दै अविजित ५४ रन जोडे। आशिफ शेखले २९ बलको सामना गर्दै समान २९ रन जोडे। यस्तै करन केसीले अविजित ३३ रनको पालि खेल्दा कुशल भुर्तेलले २५ रन जोडे।

यस्तै पीएनजीका लागि सेमो कमिएले ३ विकेट लिए। चड सोपर, काबुआ मोरीए, रिले हुकुरेले समान १।१ विकेट लिए।

पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गरे। त्यस्तै चार्लिज अमिनीले १५ रन जोडे।

नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइनल प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाईपछि पार्दै फाइनल प्रवेश गरेको हो।

नेपालले पीएनजीलाई हराएर एकदिवसीय सिरिजको पनि बदला लिएको छ। पीएनजीले यसअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले जितेको थियो।

गत सोमबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललगायत पीएनजी र मलेसिया सहभागि रहेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News