पर्वत
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा १ लाख २२ हजार ५० जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार अन्तिम अध्यावधिक तथ्याक अनुसार पर्वत जिल्लाको मतदाताहरुको संख्या कुल १ लाख २२ हजार ५० रहेको छ ।
जिल्लाको कुश्मा नगरपालिकामा सवै भन्दो धेरै मतदाताहरु रहेका छन् । कार्यालयका अनुसार कुल ३१ हजार ३ सय १३ जना मतदाता कुश्मा नगरपालिकामा रहेका छन् भने फलेवास नगरपालिकामा २३ हजार ५ सय ६५ जना मतदाता रहेका छन् । जिल्लाको जलजला गाउँपालिकामा १६ हजार ३ सय ७४ जना मतदाता छन भने, पैयूमय ११ हजार ६ सय ५४ जना रहेका छन् ।
कार्यालयले जनाए अनुसार जिल्लाका कुल ७४ मतदान स्थलमा आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि मतदान हुँदैछ । कार्यालयका अनुसार पछिल्लो विवरण अनुसार १ लाख २२ हजार ५० जना मतदाता पर्वत जिल्लामा रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनको तुलनामा पर्वत जिल्लामा २२ हजार ३ सय ८० जना मतदाता थपिएका हुन् ।
जिल्लाको मोदी गाउँपालिकामा १९ हजार ६ सय ७ जना र महाशिलामा ८ हजार ३ सय ८२ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लाको विहादी गाउँपालिकामा भने ११ हजार १ सय ३७ जना मतदाता रहेका छन् ।