नेपाल र भारतबीच चार सम्झौता,पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने

नेपाल र भारतबीच चार सम्झौता,पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने

  • Kanchan News

  • शनिबार, चैत्र १९, २०७८

  • 134
    SHARES
नेपाल र भारतबीच चार सम्झौता,पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने

। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको  छ ।

नभारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमती गरिएको बताएका हुन्। उनले भने, ‘पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमती गरेका छौं। यो परियोजना गेमचेन्जर बन्नेछ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल, सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो। सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाइँदा कुल उत्पादन ६४८० मेगावाट हुने देखियो।

नेपाल सरकार तथा भारत सरकार बीच महाकाली नदीको पञ्चेश्वर योजना सम्बन्धमा वि.सं. २०५२ माघ २९ गते सन्धी सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो। वि.सं. २०६६ मंसिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमती भएको थियो।

द्विपक्षीय रुपमा आयोजनाले गति लिइ नसकेको भए पनि नेपाल सरकारको तर्फबाट आयोजनालाई सकेसम्म जनताको पक्षमा राख्न पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले प्रयासहरु गर्दै आएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News