उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ ।
शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले बलात्कार सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।
शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।
‘उहाँको निवेदन अनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्छ । यो प्रारम्भिक सुनुवाइ मात्र हो,’ सूचना अधिकारी आचार्यले भने ।