नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  • Kanchan News

  • सोमवार, चैत्र १४, २०७८

  • 106
    SHARES
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

साताको दोस्रो दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेको छ । नेप्सेले २५ वाणिज्य बैंकसहित ३६ कम्पनीहरुलाई ‘क’ वर्गमा राखेको छ । नेप्से परिसूचक सुस्ताउँदा यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।आइतबार करिब ५ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५४ करोडमै रोकिएको छ । दिनभर भएका ४२ हजार ७१२ कारोबारबाट २३१ धितोपत्रका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा रोकिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News