
कञ्चन न्युज, पर्वत
अनेरास्वव्यु विहादी गाउँपालिका कमिटिको अध्यक्षमा मुक्ती भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिवार भएको प्रथम अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा विनय गुरुङ, विष्णु न्यौपाने चयन भएका छन् भने सचिवमा सम्झना भुसाल चयन भएका छन् ।
उपसचिवमा शर्मिल गिरी, राजन पराजुली र कोषाध्यक्षमा शितल पराजुली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुस्मिता गुरुङ, ललित गुरुङ, सागर खड्का, अनिल पराजुली, मनोज पराजुली, सनिस पराजुली, गणेश पराजुली, महेश भुषाल, रविन भुसाल, डिल्लीराम भुसाल, विशाल परियार,डिल्लीराज भुसाल, टिकाराम काफ्ले,कृष्ण नेपाली, समिर भट्टराई, सुरक्षा बस्याल, प्रेम भट्टराई, लगाएत रहनुभएको छ ।