सिन्धुली । सिन्धुलीको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कुशेश्वर महादेव मन्दिर परिसर सफाइ गरिएको छ । देशका विभिन्न भागबाट धार्मिक यात्राका लागि पुगेको ब्रदर समूहले मन्दिर परिसर सरसफाइका साथै बिजुली बत्ति जडान गरेको हो ।
धार्मिक क्षेत्र सबैको साझा र महत्वपूर्ण स्थल भएको हुँदा सफाइ अभियान थालिएको अभियन्ता कोमल अग्रवालले जानकारी दिनुभयो । यसअगाडि पनि काभ्रेस्थित पलान्चोक भगवती मन्दिर सरसफाइपश्चात् दोस्रो कार्यक्रम सम्पन्न गरिएको समुहले जनाएको छ ।
प्रमुख पर्यटकीय र धार्मिक क्षेत्रमा सरसफाइ गरि अन्य व्यक्तिहरुलाई समेत सावर्जनिक स्थलको संरक्षणबारे चेतना फैलाउन समूहले यसरी अभियान थालेको जनाएको छ ।