अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

  • Kanchan News

  • मङ्लबार, चैत्र ८, २०७८

  • 141
    SHARES
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

अभिनेत्री करिश्मा मानन्धरले ‘बार्गेनिङ’ गर्नका लागि नभई कार्यकर्ताका रुपमा क्रियाशील रहन् एमाले प्रवेश गरेको बताएकी छन्।  मंगलबार पार्टी प्रवेश गरेपछि अभिनेत्री मानन्धरले नितान्त एमाले कार्यकर्ता भएर जोडिन एमाले प्रवेश गरेको बताइन् । उनले पार्टीले मुल्यांकन गरेपछि आफू पछि नहट्ने धारणा समेत राखिन् ।

उनले एमाले रोज्नुको तीनवटा कारण बताइन। उनले भनिन्,’पहिलो कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन, दोस्रो लोकतन्त्र र समृद्धिको वास्तविक एजेण्डा बोकेको र तेस्रो अधिकांशमा यो पार्टीप्रति सद्भाव छ ।’
उनी केहि समय डा. बाबुराम भट्टराले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन्।

 

नेता भनेको जनताको अगुवा हो । जनतालाई भिजन देखाउने व्यक्तित्वले हो । नेता भनेको जनताको भविष्य सुनिश्चित गर्ने पात्र हो । त्यो गुण एमाले अध्यक्ष केपी ओलीमा पाउँछु । उहाँमा प्रतिवद्धता, क्षमता,कुशलता छ । उहाँ जहिले पनि सक्रिय रहनुहुन्छ । केपी ओलीको इनर्जी देखेर चकित भएको छुँ । एकदिन गएर उहाँलाई भेटे । उहाँको कुरा सुनेर म कहिलै थाक्दिन । उत्साहजनक, प्रेरणादायी कुराहरु उहाँले गर्नुहुन्छ । मेरो विचारमा त्यो मैले मात्रै होइन । अर्को पार्टीको मान्छेले पनि अध्यक्षज्यूका गुणगान गाएकै हुन्छन् ।

सबैले गणतन्त्र, लोकतन्त्रका कुरा गर्छन् । तर, एमालेले लोकतन्त्र र समृद्धिको वास्तविक एजेण्डा बोकेको छ । एमालेले समानता र सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्दै समाजवादसम्म जाने बाटो लिएको छ । महिलालाई अगाडि बढाउन यो पार्टीको भूमिका अग्रणी रहेको छ ।

अधिकांश व्यक्तिले यो पार्टीप्रति सद्भाव राख्छन् । वृद्धदेखि युवाको मनमनमा छ एमाले । एमाले भनेको अहिलेको अवस्थामा ठूलो पार्टी हो । आफ्नो भूमिका सशक्त अगाडि बढाएको छ ।

उनले वर्षौदेखि योगदान दिएकाहरु पनि यो पार्टीमा  रहेको बताइन्हु। ‘ बार्गेनिङ हो कि भन्ने पनि साथीहरुको मनमा लागेको होला । यो कुनै सौदाबाजी होइन । म नितान्त एमाले कार्यकर्ता भएर जोडिन आएको हुँ । पार्टीले मेरो मुल्यांकन गर्छ भने पछि हट्दिन्,’ उनले भनिन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News