चीनका विदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

चीनका विदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

  • Kanchan News

  • सोमवार, चैत्र ७, २०७८

  • 93
    SHARES
चीनका विदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यी नेपालको तीने दिने भ्रमणका क्रममा शुक्रवार काठमाडौँ आउनु हुने भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङले यही चैत्र ११ देखि १३ गतेसम्म नेपाल भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग विदेश मन्त्री वाङले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा यही चैत्र १२ गते परराष्ट्र मन्त्री डा. खड्का र विदेश मन्त्री वाङबीच आपसी हितका विषयमा प्रतिनिधिमण्डस्तरिय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News