कास्कीमा १ हजार ४ सय ७१ म्यादी प्रहरी आवश्यक पर्ने

कास्कीमा १ हजार ४ सय ७१ म्यादी प्रहरी आवश्यक पर्ने

  • Kanchan News

  • सोमवार, चैत्र ७, २०७८

  • 116
    SHARES
कास्कीमा १ हजार ४ सय ७१ म्यादी प्रहरी आवश्यक पर्ने

पोखरा
वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन का लागि कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी आवश्यक पर्ने भएकोले म्यादी प्रहरी भर्ना गर्न चैत ६ देखि ११ गतेसम्म दरखास्त आह्वान गरिएको हो । कास्कीमा स्थानीय तहको निर्वाचनमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी खटिने छन् ।
म्यादी प्रहरी भर्नाको लागि छनौटको मापदण्ड बनाईएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दर्खास्त दिन सक्ने व्यवस्था छ । पूर्वनेपाली सेना, प्रहरी, पूर्व वनरक्षक तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने गरि मापदण्ड बनाइएको छ ।
म्यादी प्रहरीमा दरखास्त दिनको लागि नेपाली नागिरकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, उनीहरुले शारीरिक परीक्षणको रिपोर्ट भुपु सुरक्षाकर्मी भए सेवा निवृत्त हुँदाको प्रमाण पत्रको प्रतिलिपि,१० को हुलाक टिकट र ५ प्रति पासवर्ड साइजको फोटो आवश्यक पर्ने छ ।
म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ । त्यो भन्दा अगाडि उनीहरलाई तालिम दिईने छ । म्यादी प्रहरीको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ । छनोट प्रक्रिया भने १५ चैतदेखि हुनेछ भने नतिजा २२ चैतसम्ममा प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News