नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई पार्टीमा स्वागत गरे ।
विष्टसहित जिल्ला कमिटीका सदस्य लगायत अन्य दलहरूबाट पनि एमालेमा प्रवेश गरेका छन् । यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश सभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए । गत फागुन २७ गते नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीबारे प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेकै दिन विष्टले पार्टीसँगै सांसद पद त्यागेका हुन् ।