पोखरा
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टीले धेरै सिट जित्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो पार्टीलाई कसैले टोको लगाउन नपर्ने र आगामी निर्वाचनमा आफ्नो पार्टी सबै भन्दा ठुलो हुने दाबी गर्नुभएको हो ।
देश निर्वाचनतिर गइसकेको बताउदै उहाँले ’६४ सालमा पनि तिमिहरुले चुनाव जित्छौं भनेर कसैले नभनेको तर जनताले देखाइएको टिप्पणी गर्नुभयो । अहिले आफ्नो पहिलो पार्टी पहिलो बन्ने स्थिति रहेको भन्दै उहाँले ’माओवादी नै हो शान्ति, लोकतन्त्रको संवाहक भएको बताउनुभयो ।
देशैभर सकारात्मक जनमत बन्दै गएको धारण राख्दै प्रचण्डले अरू पार्टी गठबन्धनका लागि माओवादीसँग आउनुपर्ने दाबी समेत गर्नुभयो । उहाँले १ महिनापछि अरू पार्टी आफूहरूसँग आउने चुनावी तालमेल गरौँ भन्दै आउने दाबी गर्दै आफ्नै बलमा चुनाव लड्ने कुरालाई प्राथमिकता दिँदै गठबन्धन पनि गर्ने बताएका बताउनुभयो ।