यस्ता छन् सबैले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता

यस्ता छन् सबैले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता

  • Kanchan News

  • शुक्रबार, चैत्र ४, २०७८

  • 137
    SHARES
यस्ता छन् सबैले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता

निर्वाचन आचारसंहिता

  • सरकारी कार्यालय, सामुदायिक विश्वविद्यालय वा विद्यालय क्षेत्रमा निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार नहुने
  • दल वा उम्मेदवारको चुनाव चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन, स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री–वितरण वा प्रदर्शन गर्न नहुने
  • स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नहुने
  • १८ वर्ष पूरा नभएकाको चुनाव प्रचारप्रसारमा प्रयोग नहुने
  • सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी प्रचारप्रसार गर्न नहुने
  • सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न नहुने
  • चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री उत्पादन गर्न तथा प्रकाशन वा प्रसारण गर्न नहुने
  • मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेदवार वा दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न र सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने
  • निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने
  • मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न तथा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने

सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण

  • राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एकपटकमा एक मिनेटभन्दा बढी नहुने गरी कम्तीमा एक घन्टाको अन्तरालमा २४ घन्टामा बढीमा चारपटक प्रसारण गराउन सक्ने । 
  • राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ह७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने । 
  • स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एकपटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घन्टामा बढीमा दुईपटक प्रसारण गराउन सक्ने । 
  • पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेश सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एकपटकमा एक मिनेटभन्दा बढी नहुने गरी कम्तीमा एक घन्टाको अन्तरालमा २४ घन्टामा बढीमा तीनपटक प्रसार गराउन सक्ने । 
  • पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एमफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एकपटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घन्टामा बढीमा चारपटक प्रसारण गराउन सक्ने । 
  • पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ह७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने । 
  • राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एकपटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घन्टामा बढीमा चारपटक प्रसारण गराउन सक्ने । 
  • राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ह७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने । 

मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण

  • मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने । मतदान गर्न जाँदा कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने । 
  • मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा, अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने ।
  • मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै संकेतअंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने । 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News