कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

  • Kanchan News

  • बिहिबार, चैत्र ३, २०७८

  • 126
    SHARES
कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ ।

शुक्रबार बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ ।

कोरोनाका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्ने छ ।

गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिने छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News