कास्कीमा होलीलाई सुरक्षित बनाउन ३० स्थानमा चेक पोष्ट

कास्कीमा होलीलाई सुरक्षित बनाउन ३० स्थानमा चेक पोष्ट

  • Kanchan News

  • बिहिबार, चैत्र ३, २०७८

  • 105
    SHARES
कास्कीमा होलीलाई सुरक्षित बनाउन ३० स्थानमा चेक पोष्ट

कास्की । फागु अर्थात् होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन कास्की प्रहरीले तयारी थालेको छ ।

प्रहरीले पोखरा उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन कास्की प्रहरी कार्यालयले दैनिकभन्दा करिब ३० भन्दा बढी स्थानमा चेक पोष्ट राख्ने तयारी गरेको कास्की जिल्ला प्रहरी प्रवक्ता सुन्दर  तिवारीले जानकारी दिनुभयो ।

उहाँले आवश्यक सुरक्षाको लागि प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरेर सादा पोसाकमा प्रहरी खटाइने जानकारी दिनुभयो ।

होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको र कसैले जबरजस्ती होलीको नाममा दुर्व्यवहार गरेमा प्रहरीलाई खबर गर्न कास्की प्रहरीले अनुरोध गरेको छ ।

जथाभाबी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैँ–झगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि रिसीबी साधनेलाई कडा कारबाही हुने उहाँले बताउनुभयो ।

सादा पोसाकका ट्राफिक प्रहरी सहितको टोलीले संयुक्त रूपमा नियमित जाँच गर्ने छन् । पोखराको लेकसाइड, खपौदी, जिरो किलोमिटर क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने  छ ।

पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लाहरूमा पर्सी होली मनाइँदै छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News