विहादी गाउँपालिकाः तयार भयो गाउँको सिहंदरबार

विहादी गाउँपालिकाः तयार भयो गाउँको सिहंदरबार

  • Kanchan News

  • मङ्लबार, चैत्र १, २०७८

  • 667
    SHARES
विहादी गाउँपालिकाः तयार भयो गाउँको सिहंदरबार

पोखरा
मुलुक संघियतामा गईसके पछि सात ओटा प्रदेश सहित ७५३ ओटा स्थानिय तह गठन भए । सरकारले स्थानिय तहको केन्द्र अस्थाई रुपमा तोकेर पठाएको ठाउँमा तत्कालको लागि गाउँ तथा नगर कार्यपालिकाको कार्यालय सञ्चालन गर्न आवश्यक भवन नहुदाँ सेवा प्रवाहमा पनि उस्तै समस्या पैदा भयो । सरकारले गाउँ तथा नगर पालिकाको केन्द्र तोकेर पठाउदाँ कुनै स्थानिय तहमा त भाडाको घर समेत नपाईने अवस्था थियो । अस्थायी केन्द्र सरकारले तोकेको स्थानमा कतै सडक पुगेको थिएन भने कतै भवन थिएन । कतिपय स्थानिय तहले भने अस्थायी भवन बनाएर भएपनि कार्यालय सञ्चालन गरे तर अहिँले सम्म आईपुग्दा कति स्थानिय तहले आफ्नो प्रशासनिक भवन बनाउन सके त्यो प्रश्न भने जनप्रतिनिधि माझ उठेको छ ।


सरकारले पर्वतमा ७ ओटा स्थानिय तह गठन गर्दा पर्वतको विहादी गाउँपालिका पनि गठन भयो । विहादीको केन्द्र साविकको वहाकीँठाँटी गा.वि.स.को वडा कार्यालय कायम भयो । वडा कार्यलयमा गाउँकार्यपालिकाको कार्यालय सञ्चालन गर्न आवश्यक कोठाहरु थिएन । गाउँकार्यपालिकाले त्यसैको पेरीफेरीमा भाडाको घर खोजेर कार्यलाय सञ्चालन गर्यो । साघुँरो भएता पनि भाडाको घर बाट नागरिकलाई चुस्त दुरुस्त सेवा दिन गाउँकार्यपालिकाको कार्यालय उद्दत रह्यो । त्यसको केहीँ समय पछि प्रदेश सरकारको सहयोगमा बहुउद्देश्य सभाहल बन्यो । गाउँपालिकाका हरेक बैठक बस्न सहज होस् भन्ने उद्देश्यले निर्माण भएको उक्त हल माथी गाउँपालिकाले आफ्नो थप लगानी गरि त्यहीँ भवनमा कोठाहरु थपेर गाउँकार्यपालिकाको कार्यलय सञ्चालन गर्दै आएको थियो । अब भने विहादी गाउँपालिकाले आफ्नै अत्याधुनिक प्रशासनिक भवन बाट सेवा दिन थालेको छ । गाउँमा सिहं आएको तर दरबार नआएको त कतै गाउँपालिकाको प्रशासनिक भवन नहुदाँ सेवा प्रवाहमा चरम समस्या भएको खबर बाहिर आईरहेका बेला पर्वतको विहादी गाउँपालिकाले भने आफ्नो प्रशासनिक भवन निर्माण गरेको छ ।

विहादी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तिब्र गतिमा भयो । निर्माण व्यवसायीले पनि भवन निर्माणमा तदारुकता देखाए भने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिले पनि निर्माण व्यवसायीलाई समयमै प्रशासनिक भवन सक्न निरन्तर दबाब दिए । समयमै भवन निर्माण सक्न दबाद दिएका जनप्रतिनिधीहरु आखिर आफ्नै कार्यकालमा प्रशासनिक भवन तयार गर्न सफल भए यसलाई ठुलो उपल्बधीको रुपमा लिन सकिन्छ । आफ्नो पाँच बर्षे कार्यकालमा प्रशासनिक भवन बनाउने गाउँपालिका निकै कम छन् । विहादी गाउँपालिकाले भने गाउँको सिहं दरबार तयार पारेको छ । गाउँमै सिहं दरबार बनेपछि गाउँपालिकाबासी पनि खुसी छन् । गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्न स्थानियवासीले जग्गा दान गरेका थिए ।


अत्याधुनिक सुविधा सम्पन्न प्रशासकिय भवन निर्माण भए सँगै सेवा प्रवाह झन चुस्त दुरुस्त हुनेमा स्थानियवासी आशावादी छन् । विहादी गाउँपालिका पछिल्लो समय विकासोन्मुख पथमा लम्किएको छ । यहाँ कालिगण्डकी लोकमार्ग कालोपत्रे हुदैछ भने वालिङ–हुवास–रानीपानी–खहरेखोला सडक अन्तर्गत हुवास–वहाकीभञ्ज्याङ सडक कालोपत्र भएको छ । बाकीँ वहाकीभञ्ज्याङ–खहरेखोला कालोपत्रे गर्ने चरणमा पुगेको छ । बजारीकरणले पनि गति लिदै गएको छ भने एकघर एक खानेपानी पनि पुरा हुदै गएको छ । विशेषज्ञ डाक्टर सहितको अस्पताल पनि निर्माण भईरहेको छ । आफ्नो ठाउँ विकासोन्मुख हुदै जदाँ विहादीवासीले साच्चिकै सिंहदरबार गाउँमै आएको अनुभुती गरेका छन् । भौगोलिक तथा प्राकृतिक सौन्दर्यता र पर्यटनको हिसाबले पनि बिहादीको अपरिभाष्य बिशेषता पाईन्छ ।
उक्त गाउँपालिकाको प्रशासकिय भवनको उद्धघाटन मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नुभयो । उद्धघाटन गर्दै उहाँले गाउँको सिहंदरबार आफ्नै कार्यकालमा खडा गरेकोमा जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्दै स्थानियवासी पनि बधाईको पात्र बनेको बताउनुभयो । उहाँले स्थानीय क्षेत्रको शान्ति सुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकार भएकोले यस्को मुल मर्म अनुसार काम गर्नुपर्नेमा जोडदिनुभयो । लोकतन्त्रको स्थानीयस्तर देखी नै संस्थागत विकास गर्न र स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्नु स्थानिय सरकारको काम भएको बताउदै शासन व्यवस्थापनमा जनताको सहभागितालाई व्यापक बनाउदै लौजानुपर्नेमा जोडदिनुभयो ।
गण्डकी प्रदेशका पुर्वमन्त्री एवम् संविधान सभा सदस्य विकास लम्सालले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरी गाउँको सिहंदरबार खडा गरेकोमा जनप्रतिनिधिहरुको प्रशंसा गर्नुभयो । उहाँले कतै केन्द्र विवाद त कतै काम गर्न ढिला हुदाँ अधिकासं स्थानिय तहले जनप्रतिनिधिको पाँच बर्षे कार्यकालमा प्रशासनिक भवन निर्माण नगरेको वर्तमान अवस्थामा विहादी बाट अन्य स्थानिय तहले सिको गर्नुपर्ने बताउनुभयो । लम्सालले स्थानिय तहलाई बलियो बनाउने जनप्रतिनिधीले नै भएको भन्दै जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन तथा स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न जनप्रतिनिधीहरु सधैँ ईमान्दार बन्नुपर्नेमा जोडदिनुभयो ।
२०७७ सालमा ३ करोड १५ लाख ५९ हजारको लागतमा निर्माण थालिएको गाउँपालिकाको प्रशासनिक भवन पुर्ण रुपमा सम्पन्न भई सञ्चालनमा आएको हो । तिन तलाको प्रशासनिक भवनमा २१ ओटा कोठा रहेको प्रमुख प्रशासकिय अधिकृत ध्रुब दयालले जानकारी दिनुभयो ।

प्रशासनिक भवन नजिकै वहुद्देश्य सभा हल र कर्मचारी आवास पनि छ । आफ्नो पाँच बर्षे कार्यकालमा प्रशासनिक भवनको काम सकेर नयाँ कार्यालय सर्न पाउदा आफुलाई निकै खुसी लागेको गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले बताउनुभयो । प्रशासनिक भवन भूकम्प प्रतिरोधी, अपांगमैत्री र वातावरणमैत्री हुने गरी निर्माण गरिएको छ ।
गाउँपालिकाले सवै सेवा सुविधालाई सजिलो, सहज तथा प्रधावकारी बनाउनलाई नयाँ अत्याधुनिक भवन निर्माण गरिएको र विषयगत शाखा छुट्याएर भवन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको आफ्नो प्रशासनिक भवन निर्माण सँगै वडा नंं ३ रानीपानी, वडा नं. ६ शालिग्राम, वडा नं. २ बर्राचौरको वडा कार्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ४ वहाकी र वडा नंं. १ बाच्छाको वडा कार्यालयको प्रशासनिक भवन निर्माणाधिन छ । वडा नं. ५ उरामपोखराको वडा कार्यालय भने यस अघिनै बनेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News