प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः बस्नेत,अरु पदाधिकारीमा को को ? हेर्नुस्

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः बस्नेत,अरु पदाधिकारीमा को को ? हेर्नुस्

  • Kanchan News

  • आइतवार, फाल्गुन २९, २०७८

  • 203
    SHARES
प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः बस्नेत,अरु पदाधिकारीमा को को ? हेर्नुस्

पोखरा
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले यस अघि पनि अध्यक्ष रहेका बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
चौतारीको बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चयन हुनुभएको छ भने महासचिवमा हिरामान लामा चयन हुनुभएको छ ।
उपमहासचिव दुई पदमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन हुदाँ कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुनुभएको छ ।
त्यस्तै सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर,सुष्मा पौडेल र हरिबल्लभ नेपाल चयन हुनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News