निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा अधिकारीकाे उम्मेदवारी

निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा अधिकारीकाे उम्मेदवारी

  • Kanchan News

  • शनिबार, फाल्गुन २१, २०७८

  • 241
    SHARES
निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा अधिकारीकाे उम्मेदवारी

 

नेपाली कांग्रेस निकटको सुभेच्क्षुक संस्था नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। युनियनमा आबद्ध निजामती कर्मचारी महाधिवेशनको तयारीमा जुटिरहेका बेला अधिकारीले यनियनको ८औँ महाधिवेशनमा केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

अग्रजको अनुभव र युवाहरुको गतिशीलताको संयोजन सहित सवल युनियन निर्माणका लागि आफुले उम्मेदवारी दिएको अधिकारीकाे भनाइ छ ।
युनियनको केन्द्रिय महाधिबेशन फागुन २१ देखि २३ सम्म काठमाण्डौमा हुदैछ।

उम्मेदवारहरुले उम्मेदवारी घोषणा र प्रतिनिधिहरुसँग छलफल तथा सम्पर्क गर्ने कार्यलाई समेत तिव्रता पाएको छ। अध्यक्षमा उठ्न लागेका अधिकारीले उमेदवारी घोषण गरेसंगै चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन्। कर्मचारी युनियनमा सक्रिय भएर संस्थालाई गतिशील र गरिमाकाे उचाइ वृद्धि गर्न अधिकारीकाे भुमिका अतुलनीय रहेको बताईन्छ ।

आफ्ना विचार र दृष्टिकोणलाई तथ्यसहित खरो रुपमा प्रस्तुत गर्न सक्ने सरल स्वाभावका उनी कर्मचारीका विचमा निकै लोकप्रीय मानिन्छन्। उनी भन्छन ‘कर्मचारी युनियनको संस्थागत विकास र सुदृढिकरण नै मेरो मुख्य लक्ष्य हो।’

कर्मचारीका अन्यायपूर्ण व्यवस्थालाई पुनर्लेखन देखि वृति विकासको ग्यारेण्टी सहितको संघिय निजामती सेवा ऐन जारी गर्नुपर्ने, सवै सेवा समूहका कर्मचारीहरुको वढुवा प्रणलीमा एकरुपता ल्याउनु पर्ने बताउँछन् ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News