प्रचण्ड सँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ पुगे ‘विप्लव’ कहाँ, पार्टीक एकताको बिषयमा छलफल

प्रचण्ड सँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ पुगे ‘विप्लव’ कहाँ, पार्टीक एकताको बिषयमा छलफल

  • Kanchan News

  • बुधबार, फाल्गुन १८, २०७८

  • 126
    SHARES
प्रचण्ड सँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ पुगे ‘विप्लव’ कहाँ, पार्टीक एकताको बिषयमा छलफल

सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले (बुधबार बिहान) भेटवार्ता भइरहेकाे छ।

श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच ५ मिनेट अघिदेखि छलफल भइरहेकाे हाे।

प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झाैता अनुमाेदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेका थिए।

यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेकाे स्रोतले जनाएको छ।यसअघि मंगलबार श्रेष्ठ फकाउन प्रचण्ड उनकाे निवास पुगेका थिए।

श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन्।

सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई पुनः प्रतिगनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएका हुन्। सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्यका लागि एमालेसँग जारी वार्ता रोके भने गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गराए।

विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्। एमसीसी अनुमोदन गरिएपछि विप्लवले पनि प्रचण्डको आलोचना गरिरहेका छन्।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News