युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

  • Kanchan News

  • सोमवार, फाल्गुन १६, २०७८

  • 106
    SHARES
युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

ब्रसेल्स। युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रुसका सबै प्रकारका उडानहरूलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ ।रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरू एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ ।सिन्ह्वा


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News