एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित

एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित

  • Kanchan News

  • आइतवार, फाल्गुन १५, २०७८

  • 86
    SHARES
एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित

प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले अनुदान सहायता सम्झौता सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए ।

उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराएका थिए ।

सम्झौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा आरक्षण सम्बन्धी व्यवस्था अर्थात संशोधनको व्यवस्था नभएको भन्दै सभामुखले साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरे ।

साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निर्णयार्थ पेश गर्नेछन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News