एमसीसी नेपालको लागि सकारात्मक: अध्यक्ष ठाकुर

एमसीसी नेपालको लागि सकारात्मक: अध्यक्ष ठाकुर

  • Kanchan News

  • आइतवार, फाल्गुन १५, २०७८

  • 99
    SHARES
एमसीसी नेपालको लागि सकारात्मक: अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताउनुभएको हो । उहाँले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताउनभयो । अध्यक्ष ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गर्नुभयो ।अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताउनुभयो । उहाँले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News