जलाशययुक्त आयोजनाका लागि तमानखोला गाउँपालिकाले थाल्यो अध्ययन

जलाशययुक्त आयोजनाका लागि तमानखोला गाउँपालिकाले थाल्यो अध्ययन

  • Kanchan News

  • शनिबार, फाल्गुन १४, २०७८

  • 98
    SHARES
जलाशययुक्त आयोजनाका लागि तमानखोला गाउँपालिकाले थाल्यो अध्ययन

बागलुङ ।

जिल्लाको तमानखोला गाउँपालिकाले मिनी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

तमान गाउँको फेँदमा ड्याम निर्माण गरि तमानखोलालाई थुनेर मिनी जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले अध्ययन थालेको हो ।

गाउँपालिकाको गौरवको परियोजनाको रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना छ ।

गाउँपालिकालाई पर्यटकीय हव बनाउन सो ड्याममा डुङ्गा संचालन, माछा पालन गरिने गाउँपालिकाले जनाएको छ ।

हाइड्रोपावर निर्माणका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News