जसपा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ सहित विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश

जसपा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ सहित विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश

  • Kanchan News

  • शुक्रबार, फाल्गुन १३, २०७८

  • 378
    SHARES
जसपा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ सहित विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश

पोखरा
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका इन्चार्ज गणेशमान गुरुङ सहित विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गुरुङ सहितका व्यक्तिहरुलाई आफ्नो पार्टी एमालेमा स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका इन्चार्ज गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएका बताउदै एमालेको निति आफुलाई मन परेको बताउनुभयो । “हाम्रो गुरुङहरु भन्छ लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,” उहाँले भन्नुभयो, “पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता ।” आफूहरुको अबको जीवन एमालेका लागि हुने गुरुङले बताउनुभयो । कास्कीको धम्पुसका गुरुङ २०६९ सालअघिसम्म एमालेमै रहेता पनि पछि संघीय समाजवादी पार्टीमा जानुभएको थियो ।
जसपाका केन्द्रीय सदस्य एवं गण्डकी इन्चार्ज गणेशमान गुरुङ सहित केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङ एमाले प्रवेश गर्नुभएको छ । त्यस्तै पर्वत जिल्लाबाट नेपाली कांग्रेस निकट भुपू प्रहरी तथा सैनिक संघका जिल्ला सचिव नवराज भण्डारी सहित नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायतका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरलाई एमाले अध्यक्ष ओलीले पार्टी सदस्यता प्रदान गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News