कोरोना संक्रमणपछि अन्नपूर्ण पदयात्रामा पर्यटकको संख्या घट्दो

कोरोना संक्रमणपछि अन्नपूर्ण पदयात्रामा पर्यटकको संख्या घट्दो

  • Kanchan News

  • सोमवार, फाल्गुन २, २०७८

  • 156
    SHARES
कोरोना संक्रमणपछि अन्नपूर्ण पदयात्रामा पर्यटकको संख्या घट्दो

कोरोना संक्रमणपछि अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटको सख्या घटेको छ । कोरोना संक्रमणपछि यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हिजो आज ह्वात्तै घटेको छ । सन् २०१९ मा यहाँ १ लाख ८१ हजार ५ सय ७६ जनाले पदयात्रा गरेकोमा कोरोना संक्रमणपछि भने पर्यछकको सख्या निकै कम छ । कोरोना संक्रमणपछि पर्यटकिय गतिविधि पनि ठप्प छ । गत वर्ष माध १६ हजार १ सय ५ मा जनाले अन्नपूर्ण पदयात्रा गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि विश्वकै प्रख्यात मानिन्छ ।

सन् २०२० मा १८ हजार ३ सयले पदयात्रा गरेका थिए। ‘कोरोना सुरु भएको वर्ष सबैभन्दा बढी पर्यटकले संरक्षण क्षेत्र भ्रमण गरेका थिए,’ सुवेदीले भने, ‘त्यसयताका दुई वर्ष नराम्ररी घटेका छन्।’ कोरोना दोस्रो लहरको अन्त्यसँगै दसैं तिहारदेखि पोखरामा पर्यटक आगमन बढेको थियो।

अंग्रेजी नयाँ वर्षको दुई दिन पोखराका ९० प्रतिशत होटल भरिएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। नयाँ वर्षमा पोखरा बजार, बेगनास र धम्पुसलगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको भीड बढेको थियो। लगत्तै ओमिक्रन भेरिएन्ट आयो।

त्यसपछि पर्यटक आगमन पुनः ठप्प भएको सुवेदी बताउँछन्। ‘व्यवसाय ठप्प भएपछि ५ देखि ३० प्रतिशत पुराना व्यवसायी पर्यटन उद्योगबाट विस्थापित भए,’ उनी भन्छन्, ‘होटल क्षेत्रमा १५ हजार बढी मजदुर थिए। अहिले त्यो पाँच हजार पनि छैनन्।’ कोरोनाको दोस्रो लहरपछि भारतीय, बंगलादेशी पर्यटकको आगमन पनि बढेको थियो। आन्तरिक पर्यटकको चहलपहल त झन धेरै भएको थियो।

यसबाट पर्यटन व्यवसायी उत्साहित भएका थिए। यही अवस्थामा ओमिक्रोन भाइरस फैलिएपछि व्यवसाय धान्न नै समस्या भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन्। ‘यस्तै अवस्था रहे ७५ प्रतिशत मजदुर र ५० प्रतिशत व्यवसायी विस्थापित हुन्छन्,’ भट्टराई भन्छन्, ‘व्यवसाय, मजदुर र पर्यटन उद्योगलाई बचाउन सरकारले राहतका प्याकेज ल्याउनुपर्छ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News