सीप विकास तालिम केन्द्र बाट करिब एक हजारले सीपमूलक तालिम लिदै

सीप विकास तालिम केन्द्र बाट करिब एक हजारले सीपमूलक तालिम लिदै

  • Kanchan News

  • शनिबार, माघ २९, २०७८

  • 514
    SHARES
सीप विकास तालिम केन्द्र बाट करिब एक हजारले सीपमूलक तालिम लिदै

पोखरा

गण्डकी प्रदेश सरकार अन्तर्गतको सीप विकास तथा व्यवसायीक तालिम केन्द्र बाट करिब एक हजार जनाले सीपमूलक तालिम प्राप्त गर्ने भएका छन् ।

बेरोजगार , एकल महिला , युवायुवती , वैदेशिक रोजगारीबाट फर्केका , गरिब तथा अति विपन्नलाई लक्षित गर्दै सीप विकास तालिम केन्द्रले संचालन गरेको तालिम बाट यस आर्थिक वर्षमा करिब एक हजार जनाले सिपमुलक तालिम प्राप्त गर्न लागेका हुन ।
सीप विकास तथा व्यवसायीक तालिम केन्द्रले चालु आर्थिक वर्षको माघसम्ममा तीन सय बढीलाई सीपमूलक तालिम प्रदान गरिसकेको छ ।

तालिम केन्द्रले १५ दिनदेखि तीन महिना अवधीका तालिमहरु संचालन गर्दै आएको सीप विकास तथा व्यवसायीक तालिम केन्द्रका प्रमुख प्रभु सिग्देलले जानकारी दिनुभयो । सीप विकास तथा व्यवसायीक तालिम केन्द्रले बेरोजगार , एकल महिला , युवा , वैदेशिक रोजगारीबाट फर्केका , गरिब तथा अति विपन्नलाई लक्षित गरी गण्डकी प्रदेशका सात ओटा जिल्लामा विभिन्न तालिमहरु संचालन गर्दै आएको छ । तालिम केन्द्रले व्यूटीपार्लर ,सिलाइकटाइ , मोवाइल मर्मत , मोटरसाइकल मर्मत , सैलुन, कुक , प्लम्बिङ , विद्युत जडान, मन्टेश्वरी , कृषी हलो मर्मत लगाएत ११ प्रकारका तालिम संचालन गर्ने गरेको छ ।

सिप विकास तथा व्यवसायीक तालिम केन्द्रले संचालन गरेको तालिम प्रति मानिसहरुको आकर्षण बढ्दो रहेको कार्यालयले जनाएको छ । कार्यालयले तालिमको लागि आवेदन आव्हान गर्दछ र आवेदकहरुलाई अन्तवार्ता मार्फत तालिममा सहभागीको लागि छनौट गर्ने गर्दछ । आवेदन आव्हान गर्दा कोटा भन्दा १० गुणा बढीको आवेदन पर्ने गरेको प्रमुख सिग्देलले बताउनुभयो । तालिम प्राप्त गरेका व्यक्तिहरु स्वरोजगार,व्यवसायी तथा स्वालम्बन बन्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News