गण्डकी प्रदेशभर रगतका लागि अब रकम तिर्नु नपर्ने

गण्डकी प्रदेशभर रगतका लागि अब रकम तिर्नु नपर्ने

  • Kanchan News

  • शुक्रबार, माघ २८, २०७८

  • 111
    SHARES
गण्डकी प्रदेशभर रगतका लागि अब रकम तिर्नु नपर्ने

गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ ।

रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै व्यहोरिदिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने प्रवक्ता खड्काको भनाइ छ ।

रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग अब सम्झौता हुनेछ । सम्झौतापछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत सोमबारको मन्त्रिपरिषदबाट पारित भएको थियो ।

कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रुपमा गर्नुपर्ने उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News