एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

  • Kanchan News

  • बुधबार, माघ २६, २०७८

  • 92
    SHARES
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् ।

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने रहेको छ ।

यसअघि उनीहरुले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।

प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा रहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News