एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण दिने

एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण दिने

  • Kanchan News

  • मङ्लबार, माघ २५, २०७८

  • 106
    SHARES
एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण दिने

नेकपा एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका

नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई

पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको महासचिव पोखरेलले बताएका छन् ।दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् ।उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुनेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News