देशभर वर्षा र हिमपात, कतै मस्ती,कतै सास्ती

देशभर वर्षा र हिमपात, कतै मस्ती,कतै सास्ती

  • Kanchan News

  • शुक्रबार, माघ २१, २०७८

  • 90
    SHARES
देशभर वर्षा र हिमपात, कतै मस्ती,कतै सास्ती

पछिल्ला केहिदिन यता भएको अविरल वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिउँका कारण कर्णाली राजमार्ग अवरुद्ध छ ।

चिसोले आममानिसको दैनिकीमा असर गरेको छ । अझ वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा यसको गम्भीर प्रभाव देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्यून चापीय प्रणलीको सक्रिय प्रभाव परेकाले देशका अधिकांश स्थानमा गएराति देखि अविरल वर्षा र हिमपात भइरहेको हो । वर्षा र हिमपातको क्रम शनिबार दिउँसोदेखि केही दिनसम्मका लागि क्रमिक सुधार आउने महाशाखाको भनाइ छ । माघे वर्षाका कारण सडकमा व्यवसाय, पैदलयात्रीदेखि लिएर सवारी साधन आवतजावतमा समेत गम्भीर असर परेको छ ।

पानी नपर्दा धुलो र पानी पर्नासाथ हिलो हुने काठमाडौंको सडक वर्षासँगै अस्तव्यस्त देखियो । लामोदूरीका यातायातसँगै हवाई यातायात पनि ठप्प भए ।पश्चिमी न्यून चापीय प्रणलीको सक्रिय प्रभाव देशैभरि भएको वर्षाले विशेष गरी उच्च पहाडी तथा हिमाली भेगमा बढी प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वर्षा र हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न महाशाखाकी मौसमविद् मञ्चु बासी सबै नागरिकलाइ आग्रह गर्नुहुन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकाशं भू–भागमा पछिल्ला केहिदिनदेखि अविरल वर्षा भए पनि गएरातिबाट भने देशैभरि वर्षाको प्रभाव देखिएको थियो । शनिबारदेखि मौसममा सुधार आउने मौसमविद् बासीको भनाइ छ ।

काठमाडौं उपत्यका वरिपरिका डाँडामा समेत हिउँ परेको देखियो । हिउँ परेको खबर सुन्नासाथ काठमाडौं नजिकैका फुल्चोकी, सिमभञ्ज्याङ र चन्द्रागिरीमा हिउँसँग रमाइलो गर्नेको भीड लागेको छ । कोभिडको संक्रमणसँगै मौसममा देखिएको प्रतिकूल अवस्था ध्यानमा राखी स्वास्थ्य सुरक्षामा ध्यान दिन जरुरी छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News