स्थानीय तह ऐन संशोधन र जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

स्थानीय तह ऐन संशोधन र जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

  • Kanchan News

  • शनिबार, माघ १५, २०७८

  • 75
    SHARES
स्थानीय तह ऐन संशोधन र जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको  बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गठबन्धनको  निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको गठबन्धनका एक नेताले बताए ।

सञ्चारमन्त्री कार्कीका अनुसार ऐन संशोधन गर्न आवश्यक भए त्यसको प्रक्रिया अघि बढाउन पनि बैठकले सरकारलाई सुझाव दिएको छ ।यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । तर गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।

गठबन्धनका दलहरु स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले स्थानीय तह निर्वाचन ऐन–२०७३ संविधानसँग बाझिएको भन्दै संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News