निर्वाचनबारे सहमति जुटेन

निर्वाचनबारे सहमति जुटेन

  • Kanchan News

  • शनिबार, माघ १५, २०७८

  • 65
    SHARES
निर्वाचनबारे सहमति जुटेन

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बसेको गठबन्धन दलको बैठकले कुनै सहमति जुटाउन सकेन। गठबन्धनको बैठक शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार थप दवावमा परेको छ। बैठकमा संविधानसँग बाझिएका कानून संशाेधन गर्ने विषयमा गठबन्धन दलबीच छलफल भएपनि सहमति जुटन नसकेको हो। कानून संशाेधनको विषयमा पार्टीमा आन्तरिक छलफल पछि फेरी गठबन्धन बैठक बस्ने सहमति भएको छ। बैठक अपरान्ह ४ बजे बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग ऐन संशाेधन र निर्वाचनको मितिबारे छलफल गरेका थिए।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिँदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News