गण्डकी गठबन्धनको निष्कर्ष: राष्ट्रियसभा निर्वाचनमा गम्भीर कमजोरी भयो

गण्डकी गठबन्धनको निष्कर्ष: राष्ट्रियसभा निर्वाचनमा गम्भीर कमजोरी भयो

  • Kanchan News

  • बिहिबार, माघ १३, २०७८

  • 107
    SHARES
गण्डकी गठबन्धनको निष्कर्ष: राष्ट्रियसभा निर्वाचनमा गम्भीर कमजोरी भयो

गण्डकी प्रदेशको सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्षमा गम्भीर कमीकमजोरी भएको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आज पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गरेको हो ।

बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकालेको छ ।

गठबन्धनले उम्मेदवारहरुलाई विजयी बनाउन मेहनतपूर्वक लाग्नुभएका नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद व्यक्त गरेको छ । हिजो सम्पन्न निर्वाचनमा गठबन्धनकाउम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार विजयी हुनुभएको थियो ।

पार्टीको निर्णयविपरीत फ्लोर क्रस गर्ने सांसद पत्ता लगाएर कारबाही गर्ने पनि गठबन्धनको भनाई छ । ‘गोप्य मतदान भए पनि सांसदले नै फ्लोर क्रस गरेको पत्ता लगाउन सकिने निष्कर्ष गठबन्धको छ । राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको निर्वाचनमा गण्डकी प्रदेश सभाका ३ जना सांसदले फ्लोर क्रस गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News