सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

  • Kanchan News

  • सोमवार, माघ १०, २०७८

  • 80
    SHARES
सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ ।

आजबाट सुरु गरेको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा साङ्केतिक रूपमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ । वन ऐन २०७६ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावलीमा समावेश गरिएका विषयहरूमा लगभग सहमति भएकोमा वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरोकारवाला बीच सहमति भएका विषयहरूलाई लत्त्याएर वन नियमावलीको मसौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा गम्भीर आघात पर्ने गरी विभिन्न व्यवस्थाहरू समावेश गरिएको भन्दै विरोधका कार्यक्रम सुरु गरेको महासंघका अध्यक्ष भारती पाठकले बताइन् । महासंघले माघ महिना भरी विरोधका कार्यक्रम गर्ने अध्यक्ष पाठकले जानकारी गराइन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News