बिरुवा गाउँपालिकाका विपन्न परिवारलाई कम्बल

बिरुवा गाउँपालिकाका विपन्न परिवारलाई कम्बल

  • Kanchan News

  • शनिबार, माघ ८, २०७८

  • 103
    SHARES
बिरुवा गाउँपालिकाका विपन्न परिवारलाई कम्बल

बिरुवा गाउँपालिकाका एक सय घरधुरीपरिवारलाई कम्बल बितरण गरिएको छ। शुक्रबार बस्तीमै पुगेर सहयोगी संस्थाका पदाधिकारीसहितको टोलीले ती सामाग्री हस्तान्तरण गरेका हुन्।

विरुवा गाउँपालिका वडा नं. १ स्थित वरदाह र ५ स्थित पुष्पगाउँका विपन्न तथा दलित बस्तीलाई लक्षित गर्दै मानव मिलन संस्था र नेपाल यूनेस्को क्लवको सहकार्यमा कम्बल प्रदान गरिएको यूनेस्को गण्डकी प्रदेश अध्यक्ष दिपक शर्मा वाग्लेले जानकारी दिए।

उनले भने, ‘जाडो समयसंगै बढेदो कोरोना संक्रमणका बेला बस्ती मै लगेर उपलब्ध गराइएका ती कम्बलले विपन्न परिवारलाई राहत पुग्ने विश्वास छ।’ अघिल्लो पटकको लकडाउनका बेलापनि शर्माले आफ्नै पहलमा १७ बोरा चामलसहित खाद्यान्न सहयोग गरेको बताए।

पुष्पगाउँका ८० घरपरिवार र बरदाह गाउँमन २० घरलाई एक÷एक वटा कम्बल प्रदान गरिएका हुन।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News