नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरु छानिने क्रम करीव अन्तिम चरणमा पुगेकाे छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उद्योगी व्यवसायीहरुको तर्फबाट ५ जना प्रतिनिधि चयन भएका छन् । एमाले निकट राष्ट्रिय उद्योग व्यापार संगठनबाट पाँच प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । संगठनका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बुसहित बरिष्ठ उपाध्यक्ष भीमलाल पौडेल र महासचिव भगिरथ सापकोटा प्रतिनिधि चयन भएका छन् ।त्यस्तै महिलाबाट मनिषा सुब्बा नाल्बो र बिन्दु श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ