हामी जुन क्षेत्रको कलाकार भएता पनि हाम्रो मौलिकतालाई हराउन दिनु हुन्न

हामी जुन क्षेत्रको कलाकार भएता पनि हाम्रो मौलिकतालाई हराउन दिनु हुन्न

  • Kanchan News

  • शुक्रबार, अशोज ८, २०७८

  • 499
    SHARES
हामी जुन क्षेत्रको कलाकार भएता पनि हाम्रो मौलिकतालाई हराउन दिनु हुन्न

विगत लामो समयदेखि नेपाली लोक गीत संगीत क्षेत्रमा लाग्नु भएकी कलाकार शुसीला डाँगीका सांगीतिक यात्राका क्रममा भएका तिता मिठा अनुभव लगायत उहाँको पारिवारिक र व्यवसायिक जीवनमा आधारित रहेर गरिएको संक्षिप्त कुराकानी ।

यहाँको पारिवारिक पृष्ठभूमि ?
जन्म स्थान राप्ती अञ्चल सल्यान, हाल बागचौर न.पा. ७ कर्णाली बाबा भुमप्रसाद डाँगी, तथा आमा पार्वती डाँगी हामी ४ जना सन्तान मध्ये २ जना मा १ जना भाइ १ जना दाइ र १ दिदी म चाहीँ कान्छी छोरी पारिवारिक अवस्था मध्यम खालको परिवार बाबा शिक्षक अहिले रिटाएर हुनुभएको भइसक्यो । अहिले सब परिवार काठमाडौं मै बस्छौं, इमाडोलमा घर छ । आमा घरको काम गर्ने, सबैले आ–आफ्नो कामगर्ने

सांगीतिक यात्रा कहिले देखि र कस्को पे्ररणाले भयो ?
सांगीतिक यात्रा २०५९ साल कार्तिकदेखि औपचारीक रुपमा सुरु गरियो, त्यो भन्दा पहिला गाउँमा मेलाजात्रामा गाइन्थ्यो जब ५९ सालमा काठमाडौं आएँ अनि व्यवसायीक रुपमा सुरु पनि गरियो र मेरो दाई पनि कलाकार भएकोले मलाइ त्यति केहि पनि गाह्रो भएन दाईले नै आफैले लगेर दोहोरी साँझमा संलगन गाराइदिनु भयो “रमाइलो चौतारी दोहोरी साँझ” जुन अहिले सम्म पनि चलीरहेको छ । त्यति बेला म ९ कक्षामा पढदै थिए । अनि यहाँबाट गएर जाँच दिएको । त्यति खेर कलाकार भने पछि सबैले कति सम्मान र इज्जत गर्ने गर्थे । हामी बुद्धनगर बस्थ्यौं कलाकारको पोसाक लगाएर बाटोमा हिड्दा सबैले तपाई गायिका हो भनेर सोध्थे । अहिले त्यस्तो छैन । त्यसपछि मैले धेरै वटा दोहोरी साँझमा काम गरे अनि धेरै ठाउँमा प्रतियोगीतामा भाग लिए । २०६३ सालमा टुबोर्गले आयोजना गरेको नव प्रतिभा प्रतियोगीतामा तृतीय भएको थिए । ४० हजार पुरस्कार पनि पाएको थिए त्यो क्षण मेरो अति स्मरणीय थियो । म गाउँमा पनि गीत गाउने प्रतियोगीतामा भाग लिएको भएर त्यति केही फरक भएन ।

पहिलो प्रस्तुती दिदा कस्तो अनुभव भयो ?
गाउँमा गाउदा बाजा, साउण्ड सिस्टम थिएन पहिलो पटक माइकमा गीत गाउदा आफ्नो स्वर कति राम्रो जस्तो लागेको थियो र आफुले गाउँमा जस्तो शब्द गाउदा पनि हुन्थ्यो भने यहाँ दोहोरी गाउँदा अन्तिम अनुप्रासको ख्याल गर्नुपर्छ ।

गीत संगीतमा लाग्दा गर्नुपरेका संघर्षका केही तिता मिठा अनुभव छन् कि ?
सांतीतिक क्षेत्रमा लाग्दाका धेरै तितामिठा हनुभव छन् यो क्षेत्रमा धेरै दुःख पाइयो र खुसी पनि पाइयो म एउटा गायिका मात्रै नभएर दोहोरी साँझको सञ्चालिका पनि थिए । मैले यो क्षेत्रमा धेरै दुःख गरेको छु २०६५ मा मैले लुम्बिनी दोहोरी साँझ सञ्चालन गरी ४ मा वर्ष आफ्नो पढाइलाई छोडेर यसमा लागि परे यसबाट केही कमाइयो पनि गुमाइयो पनि ।

यहाँलाई कुन चाँही गीत अथवा केले संगीतकार भनेर चिनायो ?
वास्तवमा म संगीतकार होइन म एउटा लोकदोहोरी गायिका हो । म प्रतियोगिताबाट नै अगाडि बढेको मान्छे हो २०६३ मा टुबोर्ग लोकप्रतियोगितामा तृतीय भए अनि २०६४ पहिलो धादिङ्ग महोत्सवमा प्रथम भए अनि २०६४ मै पाल्पा महोत्सवमा द्वतीय भए । अनि पोखरामा द्वीतीय भए भैरहवामा तृतीय भए अनि आफ्नै व्यवसायमा कति दोहोरी चलाए बसे २०६४ मा रेडियो नेपालमा लोकतन्त्र दिवसमा प्रथम भए २०६४ मै रेडियो नेपालबाट स्वर परीक्षा पास गरे ।

खास गरी यहाँको विधा के हो अन्य विधामा लाग्न मन किन लागेन ?
खास गरी मेरो विधा भनेको लोकदोहोरी हो । मैले शास्त्रीय संगीतमा व्याचलर गरेको छु इलाहाबादबाट चौथो वर्षको संगीत कोर्ष लगेको छु । अहिले समाजशास्त्रमा मास्टर पास गरे । अन्य विधामा लाग्ने मन त लाग्छ तर एउटा काम गर्दा अर्को लाई समय दिन नपाउदो रहेछ त्यसैले सबै काममा हात हाल्दा अलि गाह्रो त हुने नै भो ।

अहिलेसम्म कति जति गीतमा स्वर दिनुभयो ?
महिले आफुले गीतमा संगीत दिएको छैन आफ्नै लगानीमा ४ वटा गीत गाइयो तीनवटा यूटुवमा छन् १) नाच्छु जुरुक जुरुक २) जय शिव सम्भो जय जय शिव सम्भो ३) एउटा फिलीय ४ दाङ बटौली

अहिले सम्म यहाँको अनुभव के कस्तो रह¥यो ?
पहिले एउटा दोहोरीमा गीत गाउन जाँदा पनि ३ दिनसम्म ट्रायल भनेर राख्थ्यो गीत गाउने कलाकार भने पछि सम्मान गर्थो अहिले यो भाइरलको जमाना आयो एउटा गीत गाउन जान्यो र मिडियामा गयो भने कलाकारको स्वर के हो ? ताल के हो ? अनुप्रास के हो ? के को स्वर परीक्षा अब यो पाराले हाम्रा मौलिक गीत संगीत ओझेलमा पर्ने भए । यो अहिलेको मिडिया पनि के हो के ह्वात ह्वातै माथि चढाइछ अनी तल झार्छ ।

गीत संगीत बाहेक अरु के गर्दै हुनुहन्छ ?
गीत संगीत बाहेक अरु मेरो आफ्नै व्यापार विजनेश छ खास त्यसैमा व्यस्त छु ।

नयाँ आउने प्रतिभाहरुलाई के भन्न चाहानु हुन्छ ?
म नयाँ आउने कलाकार भाइबहीनीहरुलाई के भन्छु भने हामी लहलहमा लागेर यो क्षेत्रमा आउनु भन्दा यो क्षेत्रलाई राम्रो सँग बुझेर आफुले कति गाउन सक्छु भनेर आफुलाई आफैैले चिनेर आउदा राम्रो हुन्छ । जुन हाम्रो भगवानले दिएको स्वर भन्छन् नि त्यसलाई नै अगि बढाउनु अनिवार्य ठान्दछु ।

अन्त्यमा हामीले सोध्न छोडेका र यहाले भन्न चाहानु भएका केही कुरा छन् की ?
मैले भन्न चाहेका कुरा खासै त छैनन् तर हामी जुन विधाको कलाकार भएता पनि कुनै पनि क्षेत्र वा परिवेशबाट हाम्रो मौलिकतालाई हराउन दिनु हुन्न हाम्रो संस्कृती लाई सम्हालेर राख्नुपर्छ । साथै आम दर्शक पाठकहरुको नजरमा म एउटा व्यवसायिक कलाकार भएको हुनाले चासोको विषय त पक्कै हो मानिस जतिसुकै पोख्त भएपनि हरेक दिन केही न केही सिकिरहेको हुन्छ । म लामो समयदेखि गीत संगीतमा लागको भएता पनि म पनि हरेक दिन सिक्ने क्रममै छु । यहाँ सम्म मन पराइदिनु भएको छ । अबका दिनमा पनि मैले मेरो तर्फबाट सक्दो कोशिस गर्नेछु र यहाँहरुको माया अझ खाँचो छ, मेरा गीत सुनिदिनुहोला र राम्रो नराम्रो सुधार गर्नुपर्ने कुरा प्रस्ष्टसँग प्रतिक्रिया दिनुहोला यसबाट मलाई अझ खारिने अवसर प्राप्त हुने छ । र अन्तमा यहाँले मेरा आफ्ना कुरा राख्ने अवसर दिनु भयो यसको लागि यहाँको संचार माध्यमप्रति आभारी छु । धनयवाद ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News