मन्त्रिपरिषद् विस्तारको अड्को फुकाउन सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

मन्त्रिपरिषद् विस्तारको अड्को फुकाउन सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

  • Kanchan News

  • बिहिबार, अशोज ७, २०७८

  • 121
    SHARES
मन्त्रिपरिषद् विस्तारको अड्को फुकाउन सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सो विधेयक ल्याउने तयारी भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। भदौ १ गते नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहज हुने गरी सरकारले राजनीतिक दल विभाजन गर्ने अध्यादेश ल्याएको थियो। सो अध्यादेशले एमाले र जसपा विभाजन भएको थियो। अहिले मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश फिर्ता नभई सरकारमा नजाने जसपाको अडानको कारण प्रतिस्थापन विधेयक ल्याउन लागेका हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News