अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्तापछि बजारले गति लियो

अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्तापछि बजारले गति लियो

  • Kanchan News

  • सोमवार, भदौ २१, २०७८

  • 226
    SHARES
अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्तापछि बजारले गति लियो

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोनमा कुराकानी भएको छ ।

क्त कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउने बताएका छन् । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो? त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई सुझाव दिएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News