लायन्स क्लब अफ काठमाडौ गुल्मीको जनरल बैठक सम्पन्न

लायन्स क्लब अफ काठमाडौ गुल्मीको जनरल बैठक सम्पन्न

  • Kanchan News

  • बुधबार, भदौ १६, २०७८

  • 691
    SHARES
लायन्स क्लब अफ काठमाडौ गुल्मीको जनरल बैठक सम्पन्न

काठमाडौं ।

लायन्स क्लब अफ काठमाडौ गुल्मीको जनरल बैठक क्लबका अध्यक्ष PMJF लायन नवराज पोख्रेल ज्यु को अध्यक्षतामा दियालो फुडल्याड बसुन्धारा काठमाडौमा हिजो भाद्र १५ गते सम्पन्न भयो ।
लायन्स क्लब अफ काठमाडौ गुल्मीका प्रथम उपाध्यक्ष लायन थानेश्वर ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्लबका अध्यक्ष नवराज पोख्रेलले आगामी महिनामा ब्लड डोनेशन कार्यक्रम, गुल्मी जिल्लामा निशुल्क शल्यक्रिया सहितको स्वास्थ शिविर संचालन र लायन्स मोडेल भिलेज सहयोगका बारेमा एजेन्डा प्रस्तुत गर्नु भएको र एजेन्डा उपर छलफल गरि महत्त्वपूर्ण निर्णय समेत गर्‍यो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु भएका लायन्स क्लब इन्टरनेश्नल ३२५ बि १ का डिस्ट्रीक्ट गभर्नर लायन विशेश्वर आचार्य ज्यु ले लायन्स क्लब गुल्मीले गरेका सामाजिक कार्यबाट आफू अत्यन्तै प्रभावित भएको र आगामी दिनहरूमा पनि निरन्तरता को अपेक्षा राखेको विचार प्रकट गर्नु हुदै आफ्नो कार्यकालमा अगाडि सारेका लायन्स वेलफेयर बैंक र मोडेल भिलेजका बारेमा स्पष्ट धारणा राख्नु राख्नु भयो ।
तत्पश्चात डिस्ट्रीक्ट गभर्नर द्वारा लायन्स क्लब अफ काठमाडौ गुल्मीको स्पोन्सरमा स्थापना भएको लायन्स क्लब अफ काठमाडौ एक्मीको उदघाटन गर्नु हुदै क्लब चार्टड प्रेसिडेन्ट लायन बसन्त मरहट्ठा ज्यु लगायतका टीमलाई लायन्स पिन लगाईदिनु भयो। सोही अवसरमा डिस्ट्रीक्ट गभर्नर आचार्य ज्यु ले लायन्स क्ल्ब काठमाडौ गुल्मीले स्पोन्सर गरेको लायन्स क्लब अफ काठमाडौं पूर्ण तारा का चार्टर्ड प्रेसिडेन्ट लायन अर्चना सिंह सिंजापती बस्नेत लाई घण्टी तथा ज्यावल समेत प्रदान गर्नु भयो । मन्तव्यको क्रममा पुर्व डिस्ट्रीक्ट गभर्नर तथा त्रिभुवन विश्वविद्यालय ब्लड बैंकका चेयरमेन लायन रुद्रहरि ज्ञवालीज्युले टियु ब्लड बैंकको अवधारणा बारेमा बोल्नु हुदै आ-आफ्नो क्षेत्रबाट टियु ब्लड बैंकमा समाहित हुन आग्रह गर्नु भयो । मन्तब्यकै क्रममा क्लबका पुर्व अध्यक्ष तथा डिस्ट्रीक्ट कोचिफ एडभाईजर लायन भिमलाल पौडेलले क्लबले कोभिड -१९ का महामारीका समय गुल्मीका विभिन्न स्थानहरुमा अक्सिजन कन्सन्ट्रेटरहरु तथा स्वास्थ सामाग्री पुरयाई महत्त्वपूर्ण कार्य गरेको र सामाजिक कार्यमा सबैसँग सहकार्य गरी निरन्तर अगाडि बढनेमा आफू विश्वस्त रहेको धारणा राख्नु भयो ।

LC Ktm Gulmi

लायन्स क्लब ईन्टरनेश्नल ३२५ बि १ डिस्ट्रीक्टबाट प्रथम उपाध्यक्ष लायन महेन्द्र पौडेल, PMCC लायन गिरिधारी शर्मा, डिस्ट्रीक्ट कोचिफ एडभाईजर लायन भिमलाल पौडेल, डेपुटी चिफ एडभाईजर लायन खुमानन्द गौतम, डिपार्टमेण्ट चिफ लायन फर्शुराम पाण्डे,डेपुटी डिपार्टमेण्ट चिफ लायन रामहरि ज्ञवाली लगायत क्लबका अधिकृतहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौका सचिव लायन लोकेन्द्र मल्ल ले संचालन गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News