नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ’, झाँक्रीले भनिन्, नियमावली अुनसार अब उहाँले ‘दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुन्छ ।’ नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ । नेकपा एमालेको अध्यक्ष हुन जोडबल गरेका माधव नेपाल पार्टी विभाजन पछि दलको नेकपा (एस) को अध्यक्ष बनिसकेका छन् भने आजबाट संसदीय दलको नेता पनि चयन भएका छन् । राजनीतिक नियुक्ति र सरकारमा जाने चाहना पनि अब छिटै पुरा हुँदैछन् । मन्त्री छान्ने जिम्मा पनि पार्टीले नेपाललाई नै दिएको छ ।