सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्य भए दल फुटाउन सकिने

सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्य भए दल फुटाउन सकिने

नेकपा एमाले फुटाउने लक्षित अध्यादेश

  • Kanchan News

  • मङ्लबार, भदौ १, २०७८

  • 181
    SHARES
सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी,  संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्य भए दल फुटाउन सकिने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ । सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News